News Portal

  • बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ असार २०७८
    ८४९ पटक
    भक्तपुर, १९ असार २०७८

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत जेठ १० गते दिउँसो घरमा कोही नभएको मौका पारी उनले पन्ध्र वर्षकी बालिकालाई यौन हिँसा गरेको आरोप लागेको छ । यौनाङ्गमा छुने, समाउने कार्य गरेको र पछिका दिनमा पनि एकान्त ठाँउ पाउँदा सोही हर्कत दोहोर्याएको किटानी जाहेरी परेपछि महानगरीय प्रहरी वृत्त जगातीले पीडक भनिएका अभिभावकलाई पक्राउ गरेको डिएसपी राजेश थापाले जनाएका छन ।

    बालिकाले संरक्षकको रोहवरमा किटानी जाहेरी दरखास्त दिएको हुँदा सोही आधारमा  आरोपि एकाघरका अभिभावकलाई बिहीवार साँझमा नियन्त्रणमा लिइएको र जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको वृत्त प्रमुख रहेका डिएसपी थापाले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...