News Portal

  • भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार २०७८
    २६५७ पटक
    भक्तपुर, २२ असार २०७८

    नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका डा खगराज बरालले राजनीतिक नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित घर नजिकै बस्दै आएका बराल राजिनामा लगत्तै राजनीतिक नियुक्ति पाउने अर्का भाग्यमानी सचिव बन्न पुगेका हुन् ।

    डा बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदबाट सोमबार राजिनामा दिएका थिए । मंगलवार सरकारले उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को आयोग अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बराललाई सेवा आयोग अध्यक्षमा मनोनीत गरेका बताइएको छ । आउँदो साउन २५ गते अनिवार्य अवकाश पाउनु अघि नै उनले सोमबार राजिनामा बुझाइ नयाँ पद सुनिश्चित गर्न सफलता प्राप्त गरेका हुन् ।

    एक वर्षदेखि रिक्त रहेको उक्त पदमा सरकारले डा बराललाई नियुक्त गरेको हो । कास्कीको पुम्दीभुम्दीमा जन्मिएका बराल लामो समयदेखि भक्तपुरको मध्यपुर थिमि वडा नम्बर १ मा बसोबास गर्दै आएका छन् । शिक्षा सेवाबाट निजामति सेवामा प्रवेश गरेका बरालले सचिवको रुपमा आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन् । तत्कालिन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य मन्त्रालय लगायतमा सचिवको रुपमा कार्य गरेका बरालले २८ वर्ष शिक्षा सेवाका विविध पदमा रहेर राष्ट्र सेवा गरेका छन् ।

    सरल स्वभावका शालिन प्रशासकको परिचय बनाएका बराल लेखक तथा साहित्यकार समेत हुन् । उनले दर्जनौ पुस्तक प्रकाशन गरेका छन् भने श्रमिक बरालको नामबाट साहित्य सिर्जना समेत गर्दै आएका छन् । अध्यात्मवादमा बिश्वास राख्ने डा बराल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोग अध्यक्ष बन्नु संयोग हो वा, उनको योग्यता त्यो उनको कार्यसम्पादनले पुष्टि गर्ने नै छ ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्य गर्ने सर्वोच्च संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ । यसको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...