News Portal

  • ज्ञानेश दाईको फास्ट फुड

    अनिल फोजूभक्तपुर २६ असार २०७८ ,शनिबार
    १८७९ पटक
    भक्तपुर २६ असार २०७८ ,शनिबार

    भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ ।

    उनीहरुको व्यस्तता यस्तो छ कि, आफ्नो लागि खाना पकाउने समेत समय हुँदैन । दिनहुँ सय बढी ग्राहक खाजा र चिया खानकै लागि आउने ज्ञानेश बताउँछन् । विहान ५ बजेदेखि राति ९ बजे सम्मै उनको पसलमा चहलपहल हुन्छ । उनी भन्छन्, ”विहानैदेखि ग्राहक आउनुहुन्छ त्यसैले खाने समेत फुर्सद हुँदैन ।”

    २०४६ सालदेखि नै ज्ञानेश साखको परिवारमा व्यवसायिक कुकको उदय भएको हो । उनको बुवाले भक्तपुर क्याम्पसमा २०४६ सालदेखि नै क्यान्टिन संन्चालन गरि व्यवसायिक कुकको काम सुरु गरे । ज्ञानेशले पनि बुबाको कामका अलि अलि सघाउँदै काम सिक्दै आए । पछि कामको सिलसिलामा ज्ञानेशले भक्तपुरको एक रेस्टुरेन्टमा कुकको रुपमा काम पाए । काम गर्दै गरेको क्रममा बुबाको अचानक २०७४ सालमा हातखुट्टा नचल्ने भएपछि त्यो काम उनकै काँधमा आइपुग्यो । ज्ञानेशले रेस्टुरेन्टको राम्रो काम छोडेर बुबाले संन्चालन गरिरहेको कामलाई निरन्तरता दिए ।

    उनले २०५४ सालदेखि २०७६ साल सम्म भक्तपुर क्याम्पसको क्यान्टिन संन्चालन गरे । पछि क्याम्पसको नयाँ भबन बनाउने भनेपछि त्यस क्षेत्रमा काम छोडे ।

    हातमा सिप त छ तर काम गर्ने ठाउँको खोजीमा महिना दिन उनी भौतारीरहे । कतै ठाउँ नपाए पछि श्रीमतीको सल्लाह अनुसार घरबाट नै काम सुरु गर्ने निधो गरे ।

    तर, घरमा पनि समस्या थियो । संयुक्त परिवार भएकोले त्यो काममा पनि केहि समय बाधा आइपर्‍यो । तर जहाँ इच्छा त्यहाँ उपाए । अन्तत, उनकी भाउजु घर दिन तयार भएपछि उनलाई घरबाटै व्यवसाय संचालनमा सहयोग मिल्यो ।

    त्यसपछि सुरु भयो ज्ञानेशको फास्ट फुड एण्ड कफी सप । साघुरो ठाउँ र पुरानो घरमा फास्ट फुड एण्ड कफी सप चल्छ र र ? त्यो आफैमा प्रश्न थियो । पुरानो घरलाई केहि सरसफाई पछि प्रश्नैप्रश्न बीच सुरु भयो ज्ञानेशको फास्ट फुड एण्ड कफी सप   ।

    उनकोमा यस्तो भिड हुन्छ कि ग्राहक बस्नका लागि समेत पालो कुर्न बाध्य छन् । यो सब आफ्नो लगाव, मिहिनेत र ग्राहकप्रति उत्तरदायी भएको नतिजा मान्छन उनी  । सबैसंग राम्रो व्यवहार गर्ने मिजासिलो स्वभाबले गर्दा  ग्राहक पालो कुर्न तयार छन् तर जादैनन ।भक्तपुर क्याम्पसमा काम गर्दाका ग्राहक समेत आफ्नोमा आउने गरेको उनले सुनाए  ।

    ज्ञानेश दाई संग अहिले कुराकानी गर्ने समेत फुर्सद छैन । उनको काममा श्रीमतीले साथ समेत दिएकि छन । उनको श्रीमती शिक्षिका थिइन । पछि ज्ञानेशको कामको व्यस्तताको कारण शिक्षण पेशा नै छाडेर श्रीमानको काममा साथ दिइरहेको उनले बताइन।

    अहिले छोरा छोरीले समेत साथ दिएकोले उनलाई  स्वास फेर्न अलि फुर्सद भएको छ । ज्ञानेशले लामो स्वास लिदै भने ”पहिला काम गर्दा सबैलाई मनाउनु पर्ने तर अहिले आफ्नैमा काम गर्दा बेग्लै मजा छ । अहिले आफूले मासिक रुपमा ४०-५० हजार आम्दानी गरिरहेको उनले बताए ।

    भक्तपुरको मुटुमा नै रहेको ठाउँ भएकोले पनि ज्ञानेशको पसलमा चहलपहल अचेल निकै फस्टाएको छ । नजिकै बनिरहेको भाजु पोखरी भोलिका दिनमा एउटा सुन्दर ठाउँको रुपमा विकास हुँदै छ भने यता सिद्ध पोखरी समेत संगै जोडेकोले पनि ज्ञानेशको पसलमा चहलपहल निकै देखिन्छ ।

    सानो लगानीबाट सुरु भएको उक्त पसल अहिले विस्तारै माथि उठ्न सफल भएको छ । उनको काममा साथदिन पाएकोमा श्रीमती पनि दंग देखिन्छिन । अलि अलि आमाको पनि साथ छ । ज्ञानेशको काममा अहिले खुशी देखिन्छ परिवार । ज्ञानेश पनि परिबारको हौसलाले गर्दा यहाँ सम्म आइपुगेको बताउछन ।

    ज्ञानेश पूर्व बास्केटबल खेलाडी समेत हुन् । भक्तपुर क्याम्पसमा उनको पहिचान बास्केटबल खेलाडीको रुपमा समेत थियो । अहिले पनि उनलाई खेल प्रति त्यतिनै रुची छ तर परिवार पाल्न आफूले अपनाएको पेशालाई उनले त्यो भन्दा बढी महत्व दिएका छन् । उनी खेलाडी बन्न नपाएकोमा पछुतो छैन ।आफ्नै बुबाको पेशालाई अंगालेर आम्दानी गर्न सकेकोमा उनी दंग देखिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...