News Portal

  • इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उचाल्यो उपाधि, गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट घोषित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ असार
    ६८२ पटक
    भक्तपुर, २८ असार

    यस पटक युरोपेली च्याम्पियनसिपको उपाधि इटालीले हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उपाधि हात पारेको हो ।

    उक्त फाइनल खेलको नतिजा पेनाल्टी सुटबाट गरिएको थियो । पेनाल्टीमा इटाली ३-२ ले विजयी बनेको हो । निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा गोल गोल हुन् सकेन । त्यसपछि पालैपालो पेनाल्टीबाट प्रतिस्पर्धाको नतिजा निकाल्ने नियमानुसार खेल इटालीको पक्षमा आएको थियो । इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न सकेन र इटाली ३-२ ले विजयी बन्न सफल भएको हो ।

    इंग्ल्यान्डले पहिलो गोल गरेपनि खेल गुमाउन पुग्यो । पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको उसले दोस्रो हाफमा इटालीको गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो ।६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्न सक्यो ।

    निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो ।

    टाइब्रेकरमा पहिलो प्रहार गरेका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । त्यसपछि इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि गोल गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टीको प्रहार किपरले बचाए । इंग्ल्यान्डका ह्यारी मगाएरले गोल गरेपछि इंग्ल्यान्डले फेरी अग्रता लिएको थियो ।

    तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । तर, इंग्ल्याण्डका मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरी भयो । चौथो प्रहारमा इटालीका बर्नार्डेसकीले गोल गरे तर इन्ग्ल्याण्डका सान्चोले गोल गर्न सकेनन । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न सकेनन तरपनि इंग्ल्याण्डका बुकायो साकाको प्रहार समेत विफल बन्दा इटालीले ३-२ को जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो ।

    इङ्ल्यान्डले आफ्नो अन्तिम तीन पेनाल्टी मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधि उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो युरोपियन उपाधि जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधि जितेको छ ।

    युरो कपमा इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रतियोगिताभर कुल ५ गोल गर्दै गोल्डेन बुट प्राप्त गर्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...