News Portal

  • भक्तपुरमा भयानक दुर्घटना

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २८ असार २०७८
    ३४०६ पटक
    road accident in bhaktapurभक्तपुर, २८ असार २०७८

    भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो ।

    बा३च ६०१० नम्बरको निजी कार आज सोमबार मध्याह्न करिब पौने १२ बजेको समयमा एसएस चोक नजिक दुर्घटना भएको एक प्रत्यक्षदर्शीले जनाएका छन् । उक्त कार अनियंत्रित भइ जता बाट आएको उतै तर्फ फर्किएको अवस्था रहेको ट्राफिक सहायक निरीक्षक श्याममणी गुराँगाइले बताए । उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने ५५ वर्षका चालक इलाम घर भइ बैद्ध बस्ने कुलबहादुर राई र अर्का एक यात्रु सामान्य घाइते भएका छन । हेर्दा भयानक देखिएपनि दुर्घटना बाट सामान्य मात्र क्षति भएको उनको भनाइ छ ।

    चालक राइले भक्तपुर पोस्ट संग प्रतिक्रिया दिदै आफूलाई आखामा झपक्क छोपे जस्तो हुँदा कार बारमा ठोक्किएको र दुर्घटना भएको जानकारी गराए । यस अघि पनि आफू यसैगरी दुर्घटनामा परेको उनको भनाइ छ ।  कार  तिब्र गतिमा नरहेको र आफूले मादक पदार्थ सेवन पनि नगरेको उनले जिकिर गरेका छन् ।

    तस्वीर : बाबुराम दाहाल/ भक्तपुरपोस्ट

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...