News Portal

  • ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण

    भक्तपुरपोस्ट संवाददाताभक्तपर, ७ साउन २०७८, बिहिबार
    १८४१ पटक
    भक्तपर, ७ साउन २०७८, बिहिबार

    भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण भएको हो ।

    जनताको गुनासो धेरै आएपछि वडा कार्यालय मार्फत नै तरकारी संकलन केन्द्र निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । उत्तम साखकर्मीको अध्यक्षतामा तरकारी संकलन केन्द्र निर्माण सम्पन्न भएको हो । हप्तादिनमा काम सम्पन्न गर्नु पर्ने सम्झौता बमोजिम काम सम्पन्न भएको बताइएको छ ।

    करिब ११ लाख ७ हजार ७ सय ८७ रुपैयामा निर्माण भएको उक्त संकलन केन्द्रमा स्थानीय जनसहभागीता मार्फत १ लाख ७ हजार ८७ रुपैया व्यहोरिएको छ भने आयोजना मार्फत रु १० लाख रुपैया खर्च भएको हो ।

    उक्त आयोजना मार्फत ताथलीमा ५ सय व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...