News Portal

  • सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ साउन
    १५७९ पटक
    bhaktapurpoliceभक्तपुर, ८ साउन

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो ।

    मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ शुक्रवार महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएको वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाले जानकारी दिए ।

    काफलको रुखको कापोमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी समेत झुण्डिरहेको र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु यत्रतत्र छरिएको पाइएको प्रहरीले जनाएको छ । कानून बमोजिम घटनास्थल मुचुल्का गरी उक्त कंकाल/हड्डीहरुलाई संकलन गरी परिक्षणको लागी केएमसी अस्पलत दुवाकोट पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताए ।

    घटनाको सम्बन्धमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक प्रेस बिज्ञप्ती जारी गरी अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ । सूचना अधिकारी रहेका डिएसपी दिपक गिरीद्वारा जारी प्रेस बिज्ञप्तीमा घटनास्थलबाट रातो रंगको म्याजिक चप्पल (अन्दाजी ७/८ नम्बर) १ जोर,Adidas लेखेको कालो ट्राउजर १ थान, कालो हुक १ थान,हाप बाहुला भएको सेतो टिर्सट १ थान फेला परेकाले यस प्रकारको कपडा लगाएको मानिस हराएको भएमा प्रहरीलाई जानकारी गराई प्रहरी अनुसन्धानमा सहयोग गर्न अपिल गरिएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले परिसरका डिएसपी दिपक गिरीको मोबाइल नम्बर ९८५१११४८२१ र जगाती वृत्तका डिएसपी राजेश थापाको मोबाइल नम्बर ९८५१२८८६३३ सार्वजनिक गर्दै केहि जानकारी भए सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्न प्रेस बिज्ञप्तीमार्फत अपिल गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...