News Portal

  • माधव नेपालका भक्तपुर अध्यक्ष केसी एमालेमै रहने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ भदौ २०७८
    १०४१ पटक
    rajan kcभक्तपुर, १२ भदौ २०७८

    माधव नेपालका भक्तपुर अध्यक्ष रजन केसीले उनको साथ् छोडेका छन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उनी नबस्ने भएका हुन् ।

    नेकपा(एमाले)भित्रको बिबादमा माधव-झलनाथ खनाल पक्षले देशैभर समानान्तर कमिटी बनाउदा भक्तपुर जिल्ला कमिटीका अध्यक्षमा रजन केसी रहेका थिए । एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा भने केसीले नेपालको साथ् दिएनन् । उनले आफू फुटको पक्षमा नरहेको कारण नेपाल नेतृत्वको नयाँ पार्टीमा नरहने पुष्टि गरेका छन् ।

    भक्तपुर पोस्टसंग कुरा गर्दै केसीले नेकपा एमालेको तत्कालिन समानान्तर कमिटी पार्टी फुटका लागि नभई आन्तरीक संघर्ष र पार्टीलाई सहि ट्रयाकमा ल्याउनका लागि भएको भन्दै पार्टी विभाजनको पक्षमा आफू उभिन नसक्ने बताए । आफू अध्यक्ष ओली नेतृत्वको नेकपा एमालेमै रहने उनको भनाइ छ । ”म हिजो पनि एमाले थिए र आज पनि छु ।” उनले भने ।

    माधव-झलनाथ खनाल पक्षको तत्कालिन समानान्तर कमिटीका सचिव श्यामसुन्दर बस्नेतले भने भक्तपुरको अध्यक्ष रहेका केसीमा बैचारिक बिचलन आएको बताए । अध्यक्ष खुट्टा कमाएर भागेको भन्दै उनले आफूहरु नयाँ पार्टीप्रति पूर्ण बफादार रहेको प्रष्ट पारे । छिट्टै जिल्ला भेला गरी नेतृत्वको विषयमा निर्णय गरिने उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...