News Portal

  • मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका श्रेष्ठ मनोनित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ भदौ २०७८
    १३७७ पटक
    भक्तपुर, २५ भदौ २०७८

    पत्रकारहरुको एक संस्था मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका वरिष्ठ पत्रकार विकल श्रेष्ठ मनोनित भएका छन् । गोपाल प्रसाद पौड्यालको अध्यक्षतामा गठित केन्द्रीय कार्यसमितिमा पत्रकार श्रेष्ठ उपाध्यक्ष मनोनित भएका हुन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील छन् । हाल उनी प्रक्षेपण दैनिक र नेपाल न्युज साप्ताहिकका प्रकाशक एवं सम्पादक हुन् ।

    मिडिया नेपालले आफ्नो बिधानको परिच्छेद ५ को दफा १९ बमोजिम उनलाई मनोनयन गरेको बताइएको छ । पत्रकार श्रेष्ठ सहित सूर्य बास्तोला कास्की,हेम्बाबू लेखक कंचनपुर,श्रीधर सुवेदी बाँके,अंगद देवकोटा जुम्लालाई पनि उपाध्यक्षमा मनोनयन गरिएको छ ।

    मिडिया नेपालको महासचिवमा मुकुन्द ढुंगाना नुवाकोट र कोषाध्यक्षमा राजेन्द्र बस्नेत सोलुखुम्बु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...