News Portal

  • खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ भदौ
    १०९७ पटक
    भक्तपुर, ३१ भदौ

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश खुशुको नेतृत्वमा मंगलवार १९ सदस्यीय भक्तपुर नगर कमिटी बिस्तार गरिएको हो ।

    मंगलवार भक्तपुर क्याम्पसमा सम्पन्न प्रथम नगर सम्मेलनबाट रुकेश खुशु अध्यक्ष, इन्शान प्रजापति उपाध्यक्ष, श्वेता देशेमरु सचिव,बिनिता भुजू सहसचिव र कारण शिल्पकार कोषाध्यक्ष निर्वाचित भएका अनेरास्ववियू(क्रान्तिकारी) का भक्तपुर नगर इन्चार्ज मास बहादुर लामाले बताए ।

    सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का भक्तपुर जिल्ला सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकरले तत्कालिन जनयुद्धमा विद्यार्थी वर्गले पनि उच्च बलिदानी गरेकाले वर्तमान अवस्थामा विद्यार्थीहरुले त्यो गैरवपूर्ण इतिहास भुल्न नहुनेमा जोड दिए । आफ्नो विद्यालय, क्याम्पस,गाउँ, नगर र जिल्लाका शहिद एवं बेपत्ताले देखेका सपना पूरा गर्ने र उनीहरुको संम्मान गर्ने दायित्ववोध विद्यार्थीमा हुनुपर्ने उनले बताए ।

    विद्यार्थी वर्ग पार्टीको उर्जा भएको बताउदै सह इन्चार्ज श्रेष्ठले त्यो उर्जालाई सकारात्मकता तर्फ लगाउन मार्गनिर्देश समेत गरे । राजनीतिक पद र आर्थिक अवसरका लागि नभई मानव कल्याण र समाजवाद तर्फको लक्ष लिन समेत उनले विद्यार्थीहरुलाई प्रेरित गरेका थिए ।

    कार्यक्रममा पार्टीका भक्तपुर नगर अध्यक्ष साजन प्रजापति त्यसैगरी स्थानीय नेताहरु राकेश सुवाल, रोशन बासुकला लगायतले सम्बोधन गरेका थिए ।

    नवनिर्वाचित पादधिकारीलाई अनेरास्ववियू(क्रान्तिकारी) की केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला सह इन्चार्ज पार्वती शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिइन् । उक्त अवसरमा गणेश बुढाथोकी, भावत कार्की,प्रदिप तज, दान बहादुर रावत, रेशमलाल श्रेष्ठ लगायत भक्तपुरका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...