News Portal

  • बाटीको नेतृत्वमा बन्यो एकीकृत समाजवादीको ३१ सदस्यीय भक्तपुर नगर कमिटी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ असोज
    २४८९ पटक
    भक्तपुर, ९ असोज

    माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । पार्टीको पहिलो नगर भेलाबाट प्रविन बाटीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

    भक्तपुरका जुझारु एवं निष्ठावान युवा नेताका रुपमा परिचित बाटी भक्तपुरमा नेकपा (माले) स्थापना गर्ने पुराना कम्युनिष्ट नेता स्व. नारायण भक्त बाटीका छोरा हुन् । बाटीले आफ्नो बलबुताले भ्याएसम्म पार्टीको संगठन बिस्तार गर्ने बताएका छन् ।

    नेकपा(एस) को भक्तपुर नगर उपाध्यक्षमा भने रमेश बल्ल रहेका छन् । त्यसैगरी सचिवमा रिकेश कर्माचार्य र सहसचिवमा नवीन त्वीत्वीले जिम्मेवारी पाएका बताइएको छ ।शुक्रवार सम्पन्न नगर भेलाको अध्यक्षता नारायण बाबू नायवाले गरेका थिए । उक्त नगर सभालाई पार्टीका प्रदेश सदस्य माइलाबाबू देउला, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले सम्बोधन गर्दै प्रशिक्षण तथा मार्गनिर्देशन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...