News Portal

  • आयोजकलाई पछि पार्दै हेल्दि फुट्सलले हात पार्यो भक्तपुरव्यापी प्रतियोगिताको उपाधी

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २१ असोज
    १००६ पटक
    भक्तपुर, २१ असोज

    प्रथम भक्तपुर जिल्लाव्यापी फ़ुट्सल प्रतियोगितामा आयोजक एबिसी क्लबलाई पछि पार्दै हेल्दि फ़ुट्सलको क्लबले उपाधी हात पारेको छ । बिहीवार राति सम्पन्न खेलमा आयोजकको टिम बिरुद्ध हेल्दि फ़ुट्सलले जीत हासिल गरेको हो ।

    सूर्यविनायकस्थित ख्वप फ़ुट्सलमा भएको फ़ाइनल खेलमा हेल्दिका लाागि सरोज सुवालले गरेको १ गोल नै निर्णायक बन्न पुगेपछि हेल्दी फ़ुट्सल बिजयी बन्न पुगेको छ । आयोजकको टिमले कुनै पनि गोल गर्न नसक्दा दोश्रो स्थानमा चित्त बुझाउन पर्यो ।

    उद्धार मिडिया र पाण्डोबजार फ्रेन्डशिप क्लबद्वारा आयोजित फ़ुट्सल प्रतियोगितामा २६ समूह सहभागी रहेका प्रतियोगिताका संयोजक प्रदिप ढकालले बताए ।बिजेता हेल्दी फ़ुट्सलले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक एबिसीले नगद २२हजार २ सय २२ रुपैया प्राप्त गरेको उनले जनाएका छन् ।

    प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी भने आयोजक टिमका सतिस सुवालले प्राप्त गरेका छन् भने बेस्ट गोलकिपर अवार्ड सोही क्लबका विकेश त्वाटिले हात पार्न सफल भए । इमर्जिङ्ग खेलाडीको अवार्ड हेल्दीका कुसल सुवाललाई दिइएको छ भने फेयर प्ले अवार्ड भक्तपुर वेभ फ़ुट्सल क्लबले हात पारेको छ ।

    प्रमुख अतिथि रहेका सूर्यविनायक नगर प्रमुख बासुदेव थापा र विशेष अतिथि द्वय नेकपा(माओवादी केन्द्र)का भक्तपुर संयोजक डिपी ढकाल र वडा नम्बर ६ का वडाध्यक्ष रामेश्वर धोजुले बिजेता टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले खेल र खेलाडीको बिकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए भने अध्यक्ष ढकालले टिम वर्क खेलाडीबाट नेताहरुले समेत सिक्नपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा युवा नेताहरु र समाजसेवीहरु समेत अतिथिको रुपमा सहभागी भएका थिए भने खेलप्रेमी जनसमुदायहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...