News Portal

  • पत्रकार हुँ भन्दै प्रभावमा पारी करिब १५ लाख ठगी गर्ने युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ कात्तिक २०७८
    ८९४ पटक
    भक्तपुर, ३ कात्तिक २०७८

    राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आफू नेपाल टेलीभिजनको पत्रकार र अनुसन्धान विभागको उच्च पदस्थ कर्मचारी भएको भन्दै उनले ठगी गरेको आरोप लागेको छ ।

    पक्राउ पर्नेमा झापा जिल्लाको सुरुङ्गा कनकाई नगरपालिका वडा नं. ३ घर भई हाल चावहिल बस्ने वर्ष ३५ का निलम भट्टराई रहेका छन् । उनले तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ३ बस्ने वर्ष ३० की एक महिलालाई  आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएको भन्दै करिब १५ लाख ठगी गरेको आरोप लागेको छ ।                                                                                                                                                 आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन १५ लाख मागेका प्रहरीले जनाएको छ । पिडितलाइ प्रलोभनमा पारी विश्वास दिलाइ पटक पटक गरी १४ लाख ५०हजार लिएपछि उनी फरार भएका थिए । सुर्खेतको विरेन्द्रनगर न.पा. वडा नं. ६ सुर्खेत बसपार्क बाट उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भट्टराई उपर थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको अपराध महाशाखाले जनाएको छ

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...