News Portal

  • भक्तपुरका दुई डिएसपीको सरुवा

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २५ कात्तिक
    ३७३५ पटक
    भक्तपुर, २५ कात्तिक

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख रहेका डिएसपी राजेश थापाको सरुवा भएको छ । प्रहरीको नियमित सरुवा बमोजिम उनको सरुवा भएको हो ।

    नेपाल प्रहरीले ९५ जना डीएसपी सरुवा गर्दा भक्तपुर अन्तर्गत जगाती वृत्तका प्रमुख थापालाई जिप्रका बारा पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालय बारामा उनी एसपीको कमाण्डमा रहने गरी सरुवा भएका हुन् । कार्यालय प्रमुखको रुपमा नेतृत्व गरेका प्रहरी अधिकृतलाई अर्को कार्यकाल कार्यालय प्रमुख मातहत राखिने प्रचलन रही आएको छ ।

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार भएको सरुवामा उनको गृह वृत्तसमेत रहेको जगातीमा राम बहादुर केसीलाई ल्याइएको छ । केसीलाई लुम्बिनी प्रदेश अन्तर्गतको प्रहरी तालिम केन्द्रबाट सरुवा गरी जगाती वृत्त प्रमुख बनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    यसैगरी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत परिसरका सूचना अधिकारी समेत रहेका दिपक गिरीको पनि सरुवा भएको छ । गिरीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको बताइएको छ । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख रहेका डिएसपी राजु पाण्डे सरुवा भई आउने भएका छन् ।

    प्रहरीमा वर्तमान कार्यकाल कार्यालय प्रमुख नरहेका प्रहरी अधिकृतलाई कार्यालय प्रमुखका रुपमा सरुवा गरिने प्रचलन रहेपनि गिरीलाई भने प्रहरी प्रधान कार्यालय पुर्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...