News Portal

  • सिद्धपोखरीमा डुबेर गयो युवकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ कात्तिक २०७८
    २०४० पटक
    भक्तपुर, २७ कात्तिक २०७८

    भक्तपुर नगरपालिका १ दुधपाटी स्थित पर्यटकीय स्थलको रुपमा रहेको सिद्धपोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा चाँगुनारायण ३ झौखेल बस्ने बर्ष २७ को राजेश सुलु रहेका छन् ।

    युवक पोखरीमा डुबेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणी पोख्रेलको कमाण्डमा १० जनाको टोली खटिई गई तत्कालै उद्दार गरी संगै रहेको भक्तपुर अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा साँझ ५:२५ बजे सुलुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    शनिवार साँझ करिब पौने ५ बजे पोखरीमा डुबेका युवकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जिकिर गरेको छ । उनी कसरी पोखरीमा डुब्न पुगे भन्ने बारेमा यकिन थाहा नभएको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको परिसरका निमित्त सुचना अधिकारी रहेका इन्स्पेक्टर लोक बहादुर जि.सीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...