News Portal

  • विपक्षी गठबन्धनका श्रेष्ठ र राणालाई प्रस्तावक बनाएर सभापतिमा थापाको उम्मेदवारी घोषणा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
    ३००८ पटक
    भक्तपुर, ११ मंसिर २०७८

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पुनः जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार आफ्नो समूहद्वारा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।                                                                                                                   भक्तपुरमा सभापति थापा सस्थापन पक्षका नेता हुन् । नगर अधिवेशनमा उनको विरोधी समूहमा देखिएका दुई कांग्रेस नेताहरू समेत उम्मेदवारी घोषणा सम्म आइपुग्दा सभापति थापाको कित्तामा देखिएका छन् । नगर अधिवेशनमा अष्टकुमार कबेको प्यानललाई सहयोग गरेका पुराना कांग्रेस नेता एवं मध्यपुर थिमिका पूर्व मेयर मदन कृष्ण श्रेष्ठ सभापति थापाको प्रस्तावक बनेका छन् । त्यतिमात्र होइन, सोही समूहबाट सूर्यविनायक नगर सभापतिका उम्मेदवार बनेका रबी राणासमेत सभापति थापाको पक्षमा आइपुगेका छन् । उनका दाइ एवं वरिष्ठ पत्रकार कबीर राणा थापाको प्रस्तावकमा घोषणा सभामा सहभागी भएसंगै युवा नेता राणासमेत मंचमा उपस्तिथ भएका थिए । बिपक्षी समूहका श्रेष्ठ र राणालाई  प्रस्तावक राखेर सभापति थापाले आफ्नो उम्मेदवारी घोषणा गरे संगै उनी बलियो उम्मेद्वार बन्न सफल भएका बताइन्छ ।   उनको बिपक्षमा शनिवार नेता अष्टकुमार कबेले सभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । तर, जिल्ला अधिवेशन सम्म आइपुग्दा प्रभावशाली नेताहरुले उनको साथ छोडेका छन् ।                                                                                                             बिपक्षी गठबन्धनका दुई प्रभावशाली नेताहरुलाई आफ्नो प्रस्तावक बनाउन सफल सभापति थापाको समर्थकमा भने क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र प्रदेश मन्त्री समेत रहेका नेता कृष्ण लाल भडेल रहेका छन् । उम्मेदवारी घोषणा सभामा प्रमुख अतिथिका रुपमा पूर्व गृह राज्यमन्त्री समेत रहेका पार्टीका बागमती प्रदेश संंसदीय दलका नेता बानियाँको उपस्थिति रहेको थियो ।                                                                                                                                                         उक्त अवसरमा प्रस्तावक एवम् समर्थकहरुले सभापति थापा सबैलाई समेटेर लैजानसक्ने एकमात्र नेता भएको भन्दै वर्तमान अधिवेशनमा उनको बिकल्पमा कुनै पनि नेता नभएको बताए । सभापति थापा बोलेको कुरा पूरा गर्नसक्ने नेता भएको भन्दै उनीहरुले थापा इमान्दार र स्पष्ट बक्ता रहेको र जालझेलको राजनीति नजानेका कर्तव्यनिष्ट नेता भएका जिकिर गरेका थिए ।                                                                                   उम्मेदवारी घोषणा पछि सभापतिका उम्मेदवार थापाले लोकतन्त्रको रक्षा गर्नु र देश र जनताको हितमा काम गर्नु आफ्नो प्रमुख कर्तब्य भएको भनेका थिए ।कांग्रेसको नीति र बिधान अनुरुप पार्टी संचालन गर्नेकुरामा कुनै सम्झौता नगरेको र फेरिपनि नगर्ने भन्दै उनले प्रतिनिधिहरुले आफूलाई अत्याधिक मतले बिजय गराउने बिश्वास समेत ब्यक्त गरे । 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...