News Portal

  • भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
    २३६५ पटक
    भक्तपुर, ११ मंसिर २०७८

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न भएको हो ।                                                                                सम्मेलनले ६५ सदस्यीय भक्तपुर नगर कार्यसमिति निर्विरोध निर्वाचित गरेको जिल्ला संयोजक डिपी ढकालले जानकारी दिए । पदाधिकारी भने कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने बताइएको छ ।                                                                                                                                              नमस्ते ब्याङ्क्वेट्मा सम्पन्न सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापतिले देशमा परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएको भन्दै परिवर्तनको रक्षाको लागि संगठन मजबुद बनाउनुको बिकल्प नभएको बताए । त्यसैगरी सहइन्चार्ज देवेन्द्र श्रेष्ठले भक्तपुरको संगठन निराश हुनुपर्ने किसिमको नभएको भन्दै पुनः पहिलेकै उभार ल्याउन पार्टीका सबै कार्यकर्ता उत्साहित भएर संगठन निर्माणमा लाग्नुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रममा जिल्ला संयोजक डिपी ढकालले भक्तपुरमा नेमकिपाको सत्ता ढाल्ने सामर्थ्य माओवादी केन्द्र संग भएको जिकिर गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिगामी कदम चाली संसद विघटन गर्दा तीन बित्ता उफ्रेर नेमकिपाले समर्थन गरेको भन्दै केन्द्रमा ओलीको सत्ता ढले जस्तै भक्तपुरमा नेमकिपाको सत्ता ढल्ने दावी गरे ।                              नगर संयोजक साजन प्रजापतिले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता युवा नेता कृष्णहरि सैजुले गरेका थिए । उक्त अवसरमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ,  नेताहरू सुरेश न्यौपाने, सत्यलाल मुल, सुनिल बासु लगायतको आतिथ्यता रहेको युवा नेता राकेश सुवालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...