News Portal

  • बागमती सफाईमा सीसीक्यामेरा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ पुस २०७८
    ४८७ पटक
    भक्तपुर, २ पुस २०७८

    बागमती नदीमा फोहर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीक्यामेरा जडान गरिने भएको छ। स्थानीय र प्रहरीसंगको सहकार्यमा सो कार्य हुन लागेको हो ।

    बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी र कारवाहीका लागि नदी किनारा र पुलमाथि सीसीक्यामेरा जडान गरिने जानकारी गराइन।

    पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म रहेका झोलुङ्गे पुल, पक्की पुल र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरि सीसी क्यामेरा जडानको योजना बनाइएको बताइएको छ  ।

    स्थानीय तह र प्रहरीसँगको समन्वयमा सिसी क्यामेरा जडान र फोहोर फाल्नेलाई कारवाही गरिने कार्य अघि बढाइने बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताए ।

    उहाका अनुसार क्रमस बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने छ  ।

    बागमती नदी सफाइ अभियान अन्तर्गत ४ सय ४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ, तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम नरोकिदा अभियानले थालिनी गरेको अनुसार बागमती नदि सोचे जस्तो सफा हुन नसकेको समितिका सदस्य मौसम खनाल बताउछन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...