News Portal

  • मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८१
    ४८६ पटक
    भक्तपुर, २८ बैशाख २०८१

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ । शुक्रवार गठ्ठाघरस्थित जर्मन होम्समा सो बैठक सम्पन्न भएको हो ।

    मेयर्स फोरममा मेयरहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरिरहेको जिकिर गर्दै आक्रोश पोखेका श्रोतले जनाएको छ । अख्तियारले नै आफ्नो अधिकारको दुरुपयोग गर्दै स्थानीय तहलाई काम गर्न नदिएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान नै नगरी पत्र काट्ने, बोलाउने र धम्काउने जस्ता कार्य गर्ने गरेको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा मेयर्स फोरममा कुरा उठेको हो  ।यी लगायत बिबिध विषयमा प्रधानमन्त्रीसँग भेटेर ध्यानाकर्षण  गराउने निर्णय बैठकले निर्णय गरेको एक सहभागीले जानकारी गराएका  छन् ।

    त्यस्तै बैठकमा स्मार्ट सिटी बनाउने भनेर जग्गा रोक्ने मात्र कार्य भएको भन्दै त्यसको निकासका लागि पहल गर्नुपर्ने आवश्यकता समेत औल्याइएको बताइएको छ । बैठकले स्मार्ट सिटीको नाममा जग्गा रोक्का फुकुवा गर्न माग गरेको बताइएको छ । त्यसैगरी अर्थमन्त्रीसँग भएको समझदारी विपरीत नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन काट्न पत्राचार गरेको र केहि नगरपालिकामा लाईन काटिएको प्रति आपत्ति प्रकट गरिएको छ ।

    त्यस्तै, बैठकले स्थानीय सरकार सञ्चालन ऐनको संशोधन सम्बन्धमा गृहकार्य गरेर सरकार लाई बुझाउने र स्थानीय तहका समस्या बारे जानकारी गराउने निर्णय गरेको बताइएको छ ।

    बैठकमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह अनुपस्थित रहेका थिए । भक्तपुर नगरका मेयर सुनिल प्रजापति पनि बैठकमा अनुपस्थित रहे । बैठकमा जिल्लाका अन्य मेयर र उपमेयरले भने सक्रियतापूर्वक भाग लिएका देखिन्थे । उपत्यका मेयर्स फोरममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ पदाधिकारीको जिम्मेवारीमा छन् भने चाँगुनारायणका मेयर जीवन खत्री सदस्य हुन् । यो उपत्यकाका ३वटै जिल्लास्थित पालिका प्रमुखहरुको फोरम हो ।

    आजको बैठकमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले फोरमलाई विधिवत दर्ता गरी प्रमाण पत्र प्राप्त गरिएको जानकारी पनि गराएका छन् ।

    (मेयर्स फोरमका निर्णयहरु अपडेट गरिएको)

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...