News Portal

  • श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० पुस २०७८
    ७९६ पटक
    abhayaभक्तपुर, ३० पुस २०७८

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् ।

    शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार घोषणा गरेको ९ वर्षपछि साहित्यकारहरुलाई पुरस्कृत गरेको हो । साझाले साहित्यकार श्रेष्ठलाई रु १० हजार राशीको गरिमा सम्मान प्रदान गरेको छ । आफ्नो साहित्यिक प्रकाशन मासिक पत्रिका गरिमामा प्रकाशित ‘भुइँचालो’ कथाका लागि कथाकार अभय श्रेष्ठलाई ‘गरिमा सम्मान पुरस्कार’ (गद्य )तर्फबाट पुरस्कार प्रदान गरिएको साझाले जनाएको छ ।

    प्राप्त पुरस्कारको नगद राशी रु १० हजार भने श्रेष्ठले साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बालाई नै फिर्ता गरेका छन् । भक्तपुरको गुण्डुमा घर भएका साहित्यकार श्रेष्ठ एक कुशल पत्रकार,स्तम्भकार एवं लेखक पनि हुन् ।

    साझाबाट प्रकाशित भएको कवि ठाकुर बेलवासेको ‘त्रासमा ईश्वर’ कविता संग्रहलाई त्यस वर्षको सर्वोत्कृष्ट कृतिका रुपमा नगद ५१ हजार राशि सहितको ‘साझा पुरस्कार’ समेत शुक्रवार प्रदान गरिएको छ । कार्यक्रममा एक दर्जन साहित्यकारहरु विविध विधामा पुरस्कृत भएका छन् । पुरस्कार वितरण कार्यक्रममा भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शशी श्रेष्ठ, शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी र साझाका अध्यक्ष डा विजय सुब्बाले पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...