News Portal

  • आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ २०७८
    ८७८ पटक
    भक्तपुर, ८ माघ २०७८

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

    आईपीएलले शनिवार बिज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि विश्वभरबाट १ हजार २ सय १४ जना खेलाडीले नाम दर्ता गराएको घोषणा गरेको छ। त्यस मध्ये एसोसिएट राष्ट्र बाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका छन्।

    भारत बाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। ओमानबाट ३ जना, अमेरिकाबाट १४ जना, स्कटल्याण्डबाट १ जना, नेदरल्याण्डबाट १ जना, नामिबियाबाट ५ जना तथा भुटानबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्। टेस्ट राष्ट्र जिम्बाब्वेबाट मात्र २ जना तथा आयरल्याण्डबाट मात्र ३ जना खेलाडीले नाम दर्ता गराएका छन्। अफगानिस्तानबाट २० जना, अस्ट्रेलियाबाट ५९ जना, बंगलादेशबाट ९ जना, इंग्ल्यान्डबाट ३० जना, न्युजिल्यान्डबाट २९ जना, दक्षिण अफ्रीकाबाट ४८ जना, श्रीलंकाबाट ३६ जना, वेस्टइन्डिजबाट ४१ जना खेलाडीले नाम दर्ता गराएका हुन्।

    अक्सनमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने सहित दिपेन्द्र ऐरी, सोमपाल कामि, करन केसी, कुशल मल्ल, शरद भेसावकर, बिनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, सुशन भारि, रोहित पौडेल, कुशल भुर्तेल, सन्दिप जोरा, पवन सर्राफ र आसिफ शेखले नाम दर्ता गराएका छन्।

    अक्सनमा दर्ता भएका सबै जना खेलाडीलाई अक्सनमा बोलि भने लाग्ने छैन। नाम दर्ता गराएका खेलाडी मध्ये फ़्रेन्चाइजहरुले इच्छा देखाएका खेलाडीहरु तथा छानिएका अन्य खेलाडीहरुलाई मात्र अक्सनमा प्रस्तुत गरिनेछ। सन् २०१८ मा भएको अक्सनमा ५७८ जना खेलाडीले नाम दर्ता गराएकोमा २९२ जना खेलाडीमा मात्र बोलि लागेको थियो। यो पटक पनि यसरी नै निश्चित खेलाडीहरुलाई छनोट गरेर अक्सनमा प्रस्तुत गरिनेछ।

    सन्दिप लामिछानेले बाहेक हालसम्म अन्य नेपाली खेलाडी आईपीएल खेल्न छनोट भएका छैनन्। सोमपाल कामिले ग्लोबल टि-२० लिग क्यानडा खेलेका छन् भने पारस खड्का, करन केसी, सोमपाल कामि र कुशल मल्लले युएई टि-१० लिग खेलेका थिए। त्यस बाहेक विश्वका ठूला लिगमा नेपाली खेलाडीले नाम दर्ता गराएता पनि छनोट भने हुने गरेका छैनन्।

    आईपीएलमा बिक्रि होलान् सन्दिप ?

    नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने गत सिजन आईपीएल मिनी अक्सनमा बिक्रि भएका थिएनन्। दिल्ली क्यापिटल्सले रिलिज गरेपछि भएको मिनी अक्सनमा सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए। यो पटक सन्दिपले कति बेस प्राइस राखेका छन् खुलेको छैन। उनले बेस प्राइस १ करोड भारु भन्दा कम राखेको भने अनुमान गर्न सकिन्छ। भारतीय मिडियाहरुले सार्वजनिक गरेको १ करोड र डेढ करोड भारुमा नाम दर्ता गराएका खेलाडीको सुचीमा सन्दिपको नाम छैन।

    २०१८ मा २० लाख भारुमा बिक्रि भएपछि तिन सिजन दिल्लीमा रहेका उनले कुल ९ खेल खेल्दा १३ विकेट आफ्नो नाम गरेका थिए। २०२० को सिजन बेन्चमै राखेपछि अर्को सिजन दिल्लीले उनलाई रिलीज गरेको थियो।

    यो सिजन बिग ब्यास लिगमा सुरुवात राम्रो नरहेता पनि दोश्रो भागमा उत्कृस्ट प्रदर्शन गरेका सन्दिप यो पटक आईपीएलमा बिक्ने नबिक्ने सबैको कौतुहलता छ। बिग ब्यास लिगमा उनले १४ खेलमा १४ विकेट लिंदै राम्रो छाप छाडेका छन्। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरको सुचीमा उनि राशिद खान ( २० विकेट ) र एस्टन एगर ( १५ विकेट ) पछि तेश्रो स्थानमा रहे।

    बिग ब्यासको प्रदर्शन पछि सन्दिपलाई लिन टिमहरुले इच्छा देखाउन सक्नेछन्। विश्वभर लिग खेलेको अनुभव पनि सन्दिपलाई लिने कारण बन्न सक्छ। आईपीएलमा दुई वटा नयाँ टिम अहमदावाद र लखनउ थपिएसंगै सन्दिपको आईपीएलमा छनोट हुने सम्भावना बढेको छ। तर उनि बिक्रि हुनेछन् या छैनन् थाहा पाउन भने फेब्रुअरी १२ तारिख कुर्नेपर्नेछ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...