News Portal

  • मध्यरातमा सूर्यविनायक-५ का उम्मेदवार समातिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ बैशाख २०७९
    २४८४ पटक
    भक्तपुर, २९ बैशाख २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिकाका २ उम्मेदवारलाई मौन अवधिमा निर्वाचन आचार संहिता विपरित काम गरेको आरोप लागेको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ मा नेकपा (एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्यका उम्मेदवार मनोज थापालाई उक्त आरोप लागेको हो । निवर्तमान जनप्रतिनिधि जोशी र थापा लाई गएराति मध्यरातमा गाउँ पसेको भन्दै गठबन्धनका स्थानीय कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।
    निर्वाचन आचार संहिता अनुसार मौन अवधि लागू भएको अवस्थामा मतदातालाई प्रभावित पार्न आएकोले जोशी र थापालाई गएराती नियन्त्रणमा लिएको स्थानीय कांग्रेस कार्यकर्ताहरुले जिकिर गरेका छन्  । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो । उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको आरोप लगाइएको छ ।
    “राती १२ बजेको समयमा निजी भ्यानसहित एमालेका उम्मेदवार आएका थिए, हामीले मौन अवधिमा किन आएको भनी सोध्यौं, उहाँहरुले त्यत्तिकै आएको भनेपछि हामीले नियन्त्रणमा लियौं,’ कुटुञ्जेका एक स्थानीय कांग्रेस कार्यकर्ताले भने । स्थानीयले उम्मेदवारलाई बा ९ च ५३ ७५ नम्बरको निजी भ्यानसहित नियन्त्रणमा लिएका थिए ।
    भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले स्थानीयले उम्मेदवारलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कटुञ्जेमा बुझाएको पुस्टिगरेका छन् । राती नै दुई पक्षलाई राखेर छलफल गराई आज पुनः छलफलमा बस्ने गरी छाडिएको उनले जानकारी दिएका छन् ।                                                                                                                                                             आरोपीद्वयले भने आरोपको खन्डन गरेका छन । त्यसैगरी एमालेको स्थानीय कमिटीले पनि आरोपको प्रतिवाद गरेको छ । स्कुटर दुर्घटनामा परि घाइते भएका एक स्थानीयलाई भेट्न घरमा गएको अवस्थामा गलत नियतले आफ्ना उम्मेदवारलाई नियन्त्रणमा लिइ प्रचार गरिएको एमाले वडा कमिटीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...