News Portal

  • खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, १० जेठ २०७९
    ३६६२ पटक
    maniram gelalचाँगुनारायण, १० जेठ २०७९

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सचिव गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको हो ।

    उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खानेपानी मन्त्रालयमा पुग्न सफल भएका हुन् । मन्त्रालयको सचिव सरुवामा मन्त्रीहरुको समेत अभिरुची हुने गर्दछ । खानेपानी मन्त्रालयमा काँग्रेसका उमाकान्त चौधरी मन्त्री रहेका छन् । खानेपानीका सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यालय पुर्याएर गेलाललाई ल्याइएको हो । गेलाल र आचार्य दुवै प्राविधिक समुहबाट सचिवमा बढुवा भएका हुन् । कोटेश्वर निवासी आचार्य नागरिक उड्डयन मन्त्रालयबाट सचिव भएका हुन् ।

    सरकारले गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेपछि भक्तपुर र विशेषगरी चाँगुका स्थानीय उत्साहित भएका छन । खानेपानीको समस्याबाट गुज्रिरहेको भक्तपुरको समस्या समाधानमा गेलालले सहयोग पुर्याउने स्थानीयले सामाजिक संजालमा अपेक्षा गरेका देखिन्छ ।

    ओली सरकारको समयमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका गेलाललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुर्याइएको थियो । सचिवहरुलाई मन्त्रालयको जिम्मेवारी नदिई थन्क्याउने ठाउँको रुपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई लिने गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...