News Portal

  • ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ जेठ २०७९
    ११७६ पटक
    save soilभक्तपुर, १३ जेठ २०७९

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद् गुरु जग्गी वासुदेवद्वारा शुरु गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानमा उनीहरुले समर्थन जनाएका हुन् ।

    माटो बचाऔं अभियानका केही अभियन्ताहरु भक्तपुर नगरपालिका पुगेका थिए । उक्त अभियानको प्रसंशा गर्दै नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले ऐक्यवद्धता जनाएका एक अभियन्ता रिभेकमान मानन्धरले जानकारी गराएका हुन् । अभियन्ता मानन्धरका अनुसार खेतीयोग्य माटोको विनाशबारे चिन्ता व्यक्त गर्दै नगरपालिकाले माटो बचाउन हरसम्भव प्रयास गर्ने उनीहरुले प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

    आफूलाई माटोका मित्रहरू भन्न रुचाउने अभियानकर्ताहरुले माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गर्दै आएका छन् । खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन पहल गरिएको विश्वव्यापी अभियानमा सद्‌गुरुले नेतृत्व गरिरहेका छन् ।”माटो जोगाऔँ अभियान, हाम्रो भूमि र सेरोफेरोका जीवनहरूसँगको प्रेम सम्बन्ध हो— यो कसैसँगको लडाइँ होइन ।” उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...