News Portal

  • नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १९ असार २०७९
    ७५७ पटक
    भक्तपुर, १९ असार २०७९

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।                                                                                                                                       नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा थापाले सम्मेलनमा भाग लिइरहेका छन् । सम्मेलन अमेरिकाको नर्थ क्यारोलिना राज्यमा दुई दिनसम्म चल्ने कार्यक्रम रहेको छ । करिब एक साता सभापति थापाले अमेरिकामा बिताउने कार्यतालिका रहेको छ । उक्त अवधीसम्मका लागि भक्तपुर सभापतिको कार्यवाहक जिम्मेवारी सभापति दुर्लभ थापाले उपसभापति उर्मिला बनलाई दिएका छन् ।                                                                                                   सम्मेलनमा विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक स्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधारलगायत ११ फरक विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...