News Portal

  • जनता समाजवादीका भक्तपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० असार २०७९
    १३९० पटक
    भक्तपुर, २० असार २०७९

    केन्द्रमा बिभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको भक्तपुर जिल्ला समितिले अध्यक्षलाई पदमुक्त गर्ने निर्णण गरेको छ । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो ।                                                                                                                         अध्यक्ष सिल्पकारले पदीय मर्यादा उल्लंघन गरेको र कमिटीलाई  निष्कृय बनाएर बिधान बिपरित आफूखुसी कार्यहरु गर्दै हिडेको आरोप लगाइएको छ । उनीमाथि जिल्ला निर्णयपछि प्राप्त उम्मेदवारी बिपरित केन्द्रमा दबाब दिइ अशोक राइलाई प्रभावमा पारी पार्टीमै नभएका आफ्नो खल्तीका मान्छेलाई गत स्थानीय निर्वाचनमा उम्मेदवार बनाएको समेत आरोप लगाइएको छ ।                                                                                 आइतबार कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी सम्मिलित बैठकले अध्यक्ष सिल्पकारलाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । केन्द्रीय नेता श्रीराम खाइजुले उक्त निर्णयको पुष्टि गरेका छन् । ” साथीहरुले अध्यक्षलाई पदमुक्त गरेको जानकारी गराउनुभएको छ ।” उनले भने ।                                                                                                                                           अध्यक्ष सिल्पकारलाई पदमुक्त गर्ने निर्णयमा उपाध्यक्ष शान्तुराम भट्टराई र ललिता श्रेष्ठ त्यसैगरी सचिव रमेश ख्याजु र  सह सचिव सिद्धिराम खाइजु लगायत बिभिन्न जनवर्गीय समितिका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । पदाधिकारी बैठकले अध्यक्ष लाई नै पदमुक्त गर्ने निर्णय गरेसंगै जसपा भक्तपुरको राजनीति पेचिलो बनेको छ  । २७ सदस्यीय जिल्ला समितिमा आफूहरूको पक्षमा दुई तिहाई बहुमत रहेको उपाध्यक्ष शान्तुराम भट्टराईले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...