News Portal

  • माओवादी केन्द्रका भक्तपुर इन्चार्ज प्रजापतिको पोलिट्ब्युरोमा पदोन्नती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार २०७९
    १०९६ पटक
    dilip prajapatiभक्तपुर, २३ असार २०७९

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

    बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका पोलिटब्यूरो सदस्यमा भक्तपुर इन्चार्ज दिलिप कुमार प्रजापति भिष्म पनि परेका छन् । जनयुद्धकालीन नेता भिष्म मध्यपुर थिमिका बासिन्दा हुन् । उपत्यकामै माओवादी केन्द्रले मध्यपुर थिमीमा मात्र आफ्नो उम्मेदवारलाई उप प्रमुख निर्वाचित गर्न सफल भएपछि नेता प्रजापतिले त्यसको जस पाउँदै आएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा १ सय २५ सदस्यीय पोलिटब्यूरो सदस्यको नाम पढेका पार्टी अध्यक्ष प्रचण्डप्रति धेरै नाम छुटेको भन्दै बैठकमै असन्तुष्टहरुले बिरोध जनाएपछि ३१ वैकल्पिक सदस्य थप्ने समेत प्रस्ताव राखिएको एक सहभागीले बताए । ”केन्द्रीय कमिटीमा वैकल्पिक सदस्य व्यवस्था गरेजस्तै पोलिटब्यूरोमा पनि वैकल्पिक सदस्य थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गर्नुभएको छ ।” एक केन्द्रीय सदस्यले भक्तपुर पोस्टसंग भने ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...