News Portal

  • त्रिविका उपकुलपति बास्कोटाद्धारा परीक्षामा त्रुटि भएको स्वीकार

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० असार २०७९
    ३५४ पटक
    भक्तपुर, ३० असार २०७९

    त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्रमा भएको त्रुटिबारे विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटालाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्पष्टीकरण मागेको छ ।

    आज बसेको समिति बैठकमा बास्कोटाले परीक्षाको प्रश्नपत्रमा त्रिविकै प्राध्यापकहरुबाट बदमासी भएका कारण त्रुटि भएको स्वीकार गरेका छन् । असार १८ र २३ गते त्रिवीको स्नातकोत्तर विषयका मानविकीअन्तरगतका दुईवटा विषयमा गत वर्षको प्रश्न हुबहु दोहोरिएपछि परीक्षा रद्द भएको थियो । प्रश्नपत्र बनाउने क्रममा बदमासी गर्ने प्राध्यापकहरुलाई तीन वर्षका लागि निलम्बन गरिएको र समितिले सिफारिस गरेअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने बास्कोटाले बताए ।

    त्यसलगत्तै असार २२ र २५ गते स्नातक तहका दुईवटा विषयको प्रश्नपत्र पनि दोहोरिएपछि परीक्षा साउन १ गतेलाई सारिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...