News Portal

  • मध्यपुर थिमिबाट बाह्रबिसे पुगे प्रमुख प्रशासकीय अधिकृत पन्थी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ भदौ २०७९
    ६६८ पटक
    भक्तपुर, २१ भदौ २०७९

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन् । मध्यपुरबाट रमाना लिई सोमबार बाह्रबिसे पुगेका  प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा नगरपालिकामा भब्य स्वागत गरिएको छ ।

    बाह्रबिसेमा कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकाको समग्र बिकास र सुशासनका लागि थप योगदान गर्ने बताएका छन् । जनसेवालाई अर्जुन दृष्टि बनाएर सेवाग्राहीले अपेक्षा गरेबमोजिम छिटोछरितो र राम्रो सेवा प्रदान गर्ने उनले प्रष्ट पारेका छन् । मंगलवार नै नगरपालिकाको सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा समेत उनी सहभागी भएका छन् ।

    मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेदीले पन्थीलाई एक कार्यक्रम गरि आइतबार बिदाई गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पन्थी भक्तपुरको सूर्यविनायक-५ का बासिन्दा हुन् । सरल स्वभाव र मिलनसार ब्यवहारका कारण उनी भक्तपुरमा स्थानीय माझ लोकप्रिय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश...

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त...

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका...

    ४ महिना थप ३७ जनामा एचआइभी एड्स संक्रमण

    झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा...

    सुनसरी -४ बाट सञ्चार मन्त्री कार्की निर्वाचित

    सुनसरी क्षेत्र नम्बर–४ बाट सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित...

    अङ्ग्रेजी माध्यमले तान्यो विद्यार्थीको आकर्षण

    गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ...

    कामनपाको आतंक मच्चाउने कार्य रोक्न महासंघको माग

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले काठमाडौँ महानगरपालिकाको क्रियाकलापहरू तत्काल रोक्न महानगरपालिकासमक्ष जोडदार माग गरेको...

    विपद्बाट बच्न सँधै तयार रहनुपर्ने : प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएले यसबाट...