News Portal

  • भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ४२४ पटक
    भक्तपुर,७ असोज २०७९

    भक्तपुरमा १७ महिने शिशुको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा हाल मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ५ घर भएका केशवलाल श्रेष्ठको छोरा सलिन श्रेष्ठ रहेका छन् ।

    आज बिहान त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडी बा ५ ख ७८१७ नं को निशान गाडीमुनि छिरी रहेको अवस्थामा गाडी अगाडी बढाउदा गाडीले किच्दा गम्भिर घाईते भएका थिए । उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक मेलम्ची गाँउपालिका वडा नं ३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिएको छ ।

    घटनाबारे थप अनुसन्धान कार्य भईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...