News Portal

  • पानीको माग गर्दै मन्दिरमा जाग्राम

    अनलाइनपर्दा संवाददाता
    ११५३ पटक

    बैतडी, २७ पुस । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् ।

    पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिनुभयो । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उहाँले भन्नुभयो, “योभन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।”

    लामो समयदेखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहिआएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ । हिउँद महिना शुरु भएसँगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने गहुँ छरेको ठाउँमा सुक्न थालेका छन् ।

    यसअघि गत वर्ष पनि लामो समयसम्म खडेरी परेपछि पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...