News Portal

  • यसरी बाघकाे अाक्रमणबाट भएकाे थियाे पृथ्वी नारायण शाहकाे मृत्यु

    २६१७ पटक

    नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् ।

    उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए ।

    त्यहीँ उनको मृत्यु सामान्य ज्वरोका कारण भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् ।

    ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ ।

    यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघ (त्रिशूली क्षेत्र बाघको प्राकृतिक बासस्थान होइन, चितुवा हुनसक्छ ।)को आक्रमणबाट भएको उल्लेख गरिएको छ ।

    पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे ।

    उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो ।

    बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो ।

    त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए ।

    बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो ।

    अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...