News Portal

  • सातै प्रदेशको अस्थायी मुकाम र प्रमुख तोकियो : भक्तपुरको भाग खोसेर हेटौडा पुर्याइयो,कोइराला बनिन प्रमुख

    इभक्तपुर संवाददाताभक्तपुर , ३ माघ
    १२२६ पटक
    भक्तपुर , ३ माघ

    सरकारले लामो समयपछि सातवटै प्रदेशको प्रमुख र अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको प्रमुख र अस्थायी मुकाम तोकेको हो ।

    यस अघि उच्च अदालत राख्ने भनिएको शहरलाइ प्रदेश राजधानी तोक्ने गृहकार्य गरेको सरकारले एक बाहेक सबै केन्द्र तराई झारेको छ । सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम तोकेको छ ।

    यस अघि ३ नम्बर प्रदेशको केन्द्र भनेर सिफारिस गरिएको भक्तपुर र ५ नम्बरको दाङ र ७ का दिपायलबासी दुखि भएका छन भने १ नम्बर प्रदेश राजधानी धनकुटा हुनुपर्ने माग राख्दै १ महिनादेखि आन्दोलनरत धनकुटावासी पनि हेरेको हेर्यै भएका छन ।

    उम्मेदवारहरुले प्रदेश राजधानी बनाउने मुद्दालाई जनतासामु राखेकोले राजधानीको लोभ जनताहरुलाई जागेको थियो । प्रदेश राजधानी माग गर्दै ठाउ-ठाउमा आन्दोलनहरु हुदै आएका थिए ।

    सरकारको आजको निर्णयसंगै लामो समयदेखिको रिक्तता दुर भएको छ । सरकारले अस्थायी केन्द्रका साथै अस्थायी प्रदेश प्रमुख पनि तोकेको छ ।

    जसअनुसार १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा , ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...