News Portal

  • इन्टरपोललार्इ अतिरञ्जित सूचना दिने र जनमतको अपमान नगर्न एमालेको चेतावनी

    इभक्तपुर संवाददाता
    १२९८ पटक

    काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक गरेकाे हाे ।

    सरकारले सिलवाललार्इ अनावश्यक दु:ख दिएकाे भन्दै एमालेले सरकारलार्इ जनताकाे अभिमतलार्इ अपमान नगर्न चेतावनी दिएकाे छ । गृहमन्त्रालयकाे समेत नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसकाे परिणामकाे कुनै ख्याल नगरेर कदम चालेकाे एमालेकाे भनार्इ छ । स्थायी समितिकाे बैठक पछि एक विज्ञप्ती नै जारी गर्दै एमालेले सरकारले इन्टरपाेललार्इ अतिरञ्जित सूचना दिइएकाे पनि दावी गरिएकाे छ । एमालेका एक नेताले यसरी केही व्यक्ति र समूहका स्वार्थ पूरा गर्ने हतियार इन्टरपाेललार्इ बनाउन नहुने बताएका छन् ।

    ललितपुर क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध रेड कर्नर नाेटिस जारी गर्न नेपाल प्रहरीले पत्र पठाएकाे थियाे । इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचार प्रकाशित भएपछि एमालेकाे स्थायी समिति बैठक बसेको थियाे ।

    बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीका नाममा एक विज्ञप्ति जारी गरिएकाे छ । विज्ञप्तीमा भनिएकाे छ, ‘ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    साथै ज्ञवालीकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा थपिएको छ – ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’

    प्रहरीको कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा सिलवालमाथि सर्वाेच्चमा मुद्दा लगाइएकाे छ । तर, सिलवालले भने त्यसकाे खण्डन गर्दै आएका छन् । नेपाल प्रहरीले भने निकै तदारुकताका साथ सिलवालकाे खाेजि गरिरहेकाे छ । सिलवाल जहाँ लुकेकाे भए पनि पक्राउ गरेर ल्याउन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरुलार्इ निर्देशन समेत जारी गरेकाे थियाे ।

    याे पनि पढ्नुहाेस

    सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...