News Portal

  • घुमघाम र अतिथि सत्कारमा १ महिनामै सकियो पौने २ करोड

    भक्तपुर, १४ माघ
    ७९३ पटक
    भक्तपुर, १४ माघ

    राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् ।

    अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न निकायका प्रमुखको भ्रमण खर्चका लागि राज्यकोषबाट उक्त रकम निकासा भएको हो ।

    अर्थ मन्त्रालयबाट पुस महिनामा भएको निकासा तथा रकमान्तर विवरणअनुसार भ्रमण तथा स्वागत खर्चका लागि सबैभन्दा बढी रकम निकासा माग्ने निकाय राष्ट्रपति कार्यालय हो ।

    राष्ट्रपतिको नेतृत्वमा २७ मंसिरदेखि युएईमा गएको भ्रमण दलका लागि मात्र ७७ लाख ८२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा भएको छ । प्रधानमन्त्री र मन्त्रीले पनि एक महिनाको अवधिमा जिल्ला भ्रमण खर्चमा ५० लाख रुपैयाँ सकाएका छन् ।

    बाढीपीडितलाई १ अर्ब ४ करोड निकासा
    अर्थ मन्त्रालयका अनुसार गत साउनमा आएको भीषण वर्षा र त्यसपछि आएको बाढीबाट पूर्ण रूपमा घर क्षति भएका परिवारलाई राहत वितरण गर्न १ अर्ब ४ करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

    सम्बन्धित विपद् व्यवस्थापन समितिले यकिन गरेको तथ्यांकका आधारमा दोहोरो नपर्ने गरी रकम वितरण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नाममा उक्त रकमान्तर निकासा गरिएको हो ।

    पुस महिनामै सरकारले सातवटा प्रदेशमा व्यवस्थापिका तथा कार्यपालिका सञ्चालनका लागि अस्थायी कार्यालय र आवास भवन व्यवस्थापन गर्न १ अर्ब ५ करोड रुपैयाँ रकमान्तर निकासा गरेको छ । यो रकम हरेक प्रदेशलाई १५–१५ करोड रुपैयाँका दरले वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । (नयाँ पत्रिका दैनिक)

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...