मिनभवनमा गएराती मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा स्थायी घर भै बानेश्वर बस्दै आएका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको हो ।
करीब ८ बजे बा ९० प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पैदलयात्री कार्कीलाई न्युरो अस्पताल बाँसबारीमा पुर्यैएको थियो । राती नै अस्पतालले मृत घोषणा गरेको प्रहरीले पुष्टी गरेको छ ।
ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त बानेश्वरले बताएको छ ।