News Portal

  • शिक्षकको योगदानविना शिक्षामा सुधार नहुने भन्दै नेताको मुखमात्र नताक्न नेता श्रेष्ठको निर्देशन

    बाबुराम दाहालभक्तपुर, २० माघ
    १४९४ पटक
    भक्तपुर, २० माघ

    नेकपा माओबादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले बाम एकताको बिकल्प नभएको बताएका छन । जनताले सरकार बनाउन मात्र म्यान्डेड नदिएको दावी गर्दै उनले बाम गठबन्धन पार्टी एकतामा रुपान्तरण हुनपर्ने बताएका हुन् ।
    शनिवार भक्तपुरको सल्लाघारीमा पार्टी निकट शिक्षक संगठन’ एकीकृत अखिल नेपाल शिक्षक संगठन’को जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता श्रेष्ठले यो वा त्यो बहानामा एकतालाइ आँच पुर्याउनु भनेको जनताको अपमान गर्नु भएकोसमेत भनेका छन । ” जनभावनाको कदर गर्नु हाम्रो कर्तब्य हो , अहिलेको म्यान्डेड पार्टी एकता नै हो ।” उनले भने ।
    नेता श्रेष्ठले दलीय स्वार्थबाट माथि उठेर मात्र पार्टी एकता हुन सक्ने भन्दै नेकपा माओबादी केन्द्र र एमालेले एकताको लागि हदै सम्मको लचकता देखाउनु आवश्यक रहेकोमा जोड दिएका छन ।


    त्यसैगरी उनले समाजबाद उन्मुख शिक्षाका लागि लागिपर्न शिक्षकहरुलाई आह्वान गरेका छन ।” नेता सर्वज्ञाता हुदैनन् , शिक्षाको क्षेत्रमा शिक्षक नै बिज्ञ हुन । जनता संग जोडिने शिक्षाका लागि शिक्षकहरुको योगदान बिना शिक्षामा सुधार सम्भव हुदैन ।  नेताको मुखमात्र नताक्नुस्, आफैं अगुवाइ गर्नुस्” शिक्षकको सम्मेलनलाइ सम्वोधन गर्दै उनले भने ।

    कार्यक्रममा माओबादी केन्द्रका प्रदेश नम्बर ३ का सह संयोजक दिलिप प्रजापति भिष्मले पार्टी एकतामा नेकपा एमाले इमान्दार बन्न नसकेको आरोप लगाउदै आफ्नो पार्टी एकताको पक्षमा रहेको दावी गरे भने प्रदेश नम्बर ३ कि सांसदसमेत रहेकी माओबादी केन्द्र भक्तपुर जिल्ला सह इन्चार्ज प्रतिभा श्रेष्ठले पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउन सबैले आ-आफ्नो ठाउबाट योगदान गर्नुपर्ने बेला आएको बताइन् । उनले सांसदको हैसियतमा आफ्नो कार्यकाल बिकाश निर्माणमा केन्द्रित रहने दावी गर्दै शिक्षकको पेशागत हित तथा शिक्षा क्षेत्रको उन्नती र प्रगतिको लागि आफु सदैव लागिपर्ने आस्वाशनसमेत दिइन् ।

    उक्त अवसरमा भक्तपुर जिशिअ अर्जुन रायमाझीले शिक्षा जनताको लागि हुनुपर्ने जिकिर गर्दै जनताको लागि काम गर्ने शिक्षकहरुको पक्षमा आफू सदैव रहने बताए ।

    यूएण्टोको जिल्ला सम्मेलनमा बोल्दै माओबादी केन्द्रका जिल्ला संयोजक डीपी ढकालले स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिनु अव्यवहारिक भएको भन्दै भक्तपुरमा नगर प्रतिनिधिहरुले आफ्नो अधिकारलाई राजनीतिक हस्तक्षेपको अस्त्र बनाएकोमा आपत्ति जनाए । संयोजक ढकालले स्थानीय जनप्रतिनिधिलाई राजनीति नगर्न चेतावनी दिदै साझा जनप्रतिनिधि बनेर देखाउन सुझाव समेत दिएका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्दीय सचिवालय सदस्य समेत रहेका जिल्ला संयोजक परशुराम राईको अध्यक्षतामा संचालित जिल्ला सम्मेलन उद्घाटन सत्रमा  राईले बिद्यालय व्यवस्थापन समिति बिघटन गर्ने कार्य नरोके आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    उद्घाटन सत्र सकिएसंगै भएको बन्द सत्रबाट सम्मेलनले लिला तामाङको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति बनाएको फ्र्याक्सन इन्चार्ज सुरेश न्यौपानेले जानकारी गराए । बरिष्ठ उपाध्यक्ष इन्द्रमणि गिरि , उपाध्यक्ष जुना भुजेल, जगन्नाथ डुम्रे, नरेन्द्र राइ लगायत रहेका कमिटीमा नरेन्द्र जोशी सचिव सहित सबै पदमा सर्वसम्मत  चयन गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...