News Portal

  • सानोठिमीको प्रेमले पुर्यायो प्रहरीखोर : बलात्कारको जघन्य आरोपमा अनुसन्धान हुदै

    इभक्तपुर संवाददाताभक्तपुर, २४ माघ
    १०१२ पटक
    भक्तपुर, २४ माघ

     

    सानोठिमीमा ३ बर्षदेखि लगाएको प्रेममा धोका खाएपछि प्रेमिका प्रहरीकोमा पुगेकी छिन् । आक्रोसित प्रेमिकाले प्रेमिलाई शरीर बन्धक र जबर्जस्ती करणीको आरोप लगाएपछि यतिबेला प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।
    सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे अशोक गुप्ता र उनी संगै काम गर्थिन माया कार्की (नाम परिवर्तन)। यी जोडी फरक भाषा र मूलका भएपनि ३ बर्षदेखी प्रेममा परेका थिए । काम गर्दा गर्दै दुईबीच चिनजान भएपछि प्रेममा परेको र सम्बन्ध बनाएको प्रहरीको दावी छ ।

    दुईबीच विवाह गर्ने सहमति थियो । तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेन । युवती पहाडी मूलकी हुन् । युवतीका परिवारले बिबाह स्वीकार गरेपनि युवकको परिवारले मानेन । बिबाहको प्रेसर परेपछि गुप्ताले युवतीलाई सुन्धारास्थित होटल एसियनमा कोठा बुक गरी राखे ।

    पुस १९ देखि २३ पुससम्म होटलमा दुवै सँगै बसेका थिए । त्यसपछि गुप्ता बेपत्ता भए । गुप्ता हराएपछि आफुलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रेमिका पुगिन जनसेवा प्रहरीमा ।

    जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी अहिले विशालबजारस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् ।

    उनीविरुद्ध सात दिनको म्याद थप गरी आवश्यक कारबाही भैरहेको प्रहरीले बताएको छ ।

    प्रेममा धोका खाएपछि प्रेमिकाले प्रेमीलाई बन्धक र जवर्जस्ती करणीको जघन्य आरोप लगाएको प्रहरीको प्राम्भिक अनुमान छ । ”तर अनुसन्धानको गहिराहीमा नगई जघन्य अपराधमा यसै भनिहाल्न मिल्दैन ।” जनसेवाका डीएसपी मोहन कुमार थापा भन्छन ।

    पछिल्लो समय एउटा सहमतिमा ‘लिभिङ टुगेदर’ मा रहन रुचाउने जोडीहरु पनि कुरा बिग्रिएपछि बलात्कारको जाहेरी दिन आउने गरेको प्रहरीको अनुभव छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...