सानोठिमीमा ३ बर्षदेखि लगाएको प्रेममा धोका खाएपछि प्रेमिका प्रहरीकोमा पुगेकी छिन् । आक्रोसित प्रेमिकाले प्रेमिलाई शरीर बन्धक र जबर्जस्ती करणीको आरोप लगाएपछि यतिबेला प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।
सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे अशोक गुप्ता र उनी संगै काम गर्थिन माया कार्की (नाम परिवर्तन)। यी जोडी फरक भाषा र मूलका भएपनि ३ बर्षदेखी प्रेममा परेका थिए । काम गर्दा गर्दै दुईबीच चिनजान भएपछि प्रेममा परेको र सम्बन्ध बनाएको प्रहरीको दावी छ ।
दुईबीच विवाह गर्ने सहमति थियो । तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेन । युवती पहाडी मूलकी हुन् । युवतीका परिवारले बिबाह स्वीकार गरेपनि युवकको परिवारले मानेन । बिबाहको प्रेसर परेपछि गुप्ताले युवतीलाई सुन्धारास्थित होटल एसियनमा कोठा बुक गरी राखे ।
पुस १९ देखि २३ पुससम्म होटलमा दुवै सँगै बसेका थिए । त्यसपछि गुप्ता बेपत्ता भए । गुप्ता हराएपछि आफुलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रेमिका पुगिन जनसेवा प्रहरीमा ।
जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी अहिले विशालबजारस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् ।
उनीविरुद्ध सात दिनको म्याद थप गरी आवश्यक कारबाही भैरहेको प्रहरीले बताएको छ ।
प्रेममा धोका खाएपछि प्रेमिकाले प्रेमीलाई बन्धक र जवर्जस्ती करणीको जघन्य आरोप लगाएको प्रहरीको प्राम्भिक अनुमान छ । ”तर अनुसन्धानको गहिराहीमा नगई जघन्य अपराधमा यसै भनिहाल्न मिल्दैन ।” जनसेवाका डीएसपी मोहन कुमार थापा भन्छन ।
पछिल्लो समय एउटा सहमतिमा ‘लिभिङ टुगेदर’ मा रहन रुचाउने जोडीहरु पनि कुरा बिग्रिएपछि बलात्कारको जाहेरी दिन आउने गरेको प्रहरीको अनुभव छ ।