News Portal

  • १ नम्बर प्रदेश मूख्यमन्त्रीको पल्ला घिमिरेको हातमा : हेर्याहेर्यै हुनसक्छन पूर्वमन्त्री राई

    इभक्तपुर संवाददाताबिराटनगर, २५ माघ
    १०३२ पटक
    बिराटनगर, २५ माघ

    एमालेले १ नम्बर प्रदेशको संसदीय दलको नेता शुक्रबार छान्दैछ । संसदीय दलको नेता नै भावी मुुख्यमन्त्री हुने भएकोले पनि छनौट पेचिलो बनेको छ ।

    मुख्यमन्त्रीको दौडमा रहेका पूर्व मन्त्रीद्वय शेरधन राई र भीम आचार्यलाई अर्का जुझारु नेता जीवन घिमिरेले चुनाैती दिइरहेका छन् । राई अध्यक्ष केपी ओलीको निकट हुन् भने आचार्य झलनाथ खनाल र घिमिरे माधव नेपाल पक्षका मान्छे मानिन्छन् ।
    भीम आचार्यले नेपाल पक्षको समर्थन आफुलाई रहेको दाबी गरिरहँदा घिमिरेले मुख्य मन्त्रीको दाबी गरेपछि राइको पल्ला भारी भएको छ । घिमिरेले भने आफुलाई समर्थन गर्न आचार्यलाई भनिरहेका छन् ।

    घिमिरेले उम्मेदवारी फिर्ता लिएको खण्डमा मात्र आचार्य जित नजिक देखिन्छन् । यद्यपी युवा र जनजाती भएको भन्दै राइले घिमिरे र आचार्य मिलेपनि आफुले जित्ने दावी गर्दै हिडेको बताइएको छ । तर घिमिरेको होल्डमा धेरै राम्रै मत भएकोले उनी नै निर्णायक हुने देखिएको एमाले निकट एक नेताले जानकारी गराए । ”घिमिरे आफैले जित्ने अवस्था छैन तर उनी जतापट्टी ढल्किन्छन् उसैको जीत सुनिश्चित छ ।” इभक्तपुरसंग उनले भने ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...