News Portal

  • सिँचाई सचिव यादवको जीप त्रिसुलीमा खस्यो : २२ बर्षिय छोरासहित उनी हराए ,चालक सकुसल

    इभक्तपुर संवाददाताधादिङ,२७ माघ
    ९८३ पटक
    धादिङ,२७ माघ

    नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो ।

    आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार गरेका छन । जीप सचिव यादवले नै चलाउदा दुर्घटना भएको चालकको दावी छ ।

    आफ्नो घर कपिलवस्तुबाट यादव काठमाडौं फर्कदैं गरेका थिए । सलाङ्घाटबाट जीप त्रिसुली नदीमा खस्दा सचिव यादव , उनका २२ बर्षिय छोरा र एक नाम नखुलेकी सचिव यादवको साथीको छोरी हराइरहेका छन । प्रहरीले खोजीकार्य भैरहेको बताएको छ ।

    अपडेट : दुर्घटनामा परि हराएका सिँचाई सचिव रामानन्द यादव मृत अवस्थामा शव भेटिएको प्रहरीले जानकारी गराएको छ । उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ताको खोजी भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...