News Portal

  • भक्तपुरमा भीषण आगलागी

    इभक्तपुर संवाददाताभक्तपुर, २८ माघ
    १८२९ पटक
    भक्तपुर, २८ माघ

    आइतवार बिहानै एक फर्निचर उद्योगमा आगलागी भएको छ । भक्तपुर नगरपालिका- १० नागपोखरी स्थित बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो ।

    आगलागीबाट काठ चिर्ने मेसिन थान ३, जेनरेटर थान १ र काठ लगायत धनमाल जलेर नष्ट भएको छ । अन्दाजी १० लाख बराबरको क्षती भएको प्रोप्राइटर बाबुकाजीले बताए । दुर्घटनाबाट कुनै मानवीय क्षती भने भएको छैन ।

    आगलागी नियन्त्रणको लागी तत्काल महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीबाट प्रहरी टोली खटि गएको र उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आधा घन्टामा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...