News Portal

  • भक्तपुरमा भीषण आगलागी

    इभक्तपुर संवाददाताभक्तपुर, २८ माघ
    १६६४ पटक
    भक्तपुर, २८ माघ

    आइतवार बिहानै एक फर्निचर उद्योगमा आगलागी भएको छ । भक्तपुर नगरपालिका- १० नागपोखरी स्थित बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो ।

    आगलागीबाट काठ चिर्ने मेसिन थान ३, जेनरेटर थान १ र काठ लगायत धनमाल जलेर नष्ट भएको छ । अन्दाजी १० लाख बराबरको क्षती भएको प्रोप्राइटर बाबुकाजीले बताए । दुर्घटनाबाट कुनै मानवीय क्षती भने भएको छैन ।

    आगलागी नियन्त्रणको लागी तत्काल महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीबाट प्रहरी टोली खटि गएको र उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आधा घन्टामा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सानोथिमिमा युएसएआइडीकी प्रशासक पावर, आदर्शका छात्रासंग खेलिन् बास्केटबल

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक...

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...