News Portal

  • बलात्कारको प्रयास गर्ने भक्तपुर बेखालका २३ बर्षे युवा समातिए

    इभक्तपुर संवाददाताभक्तपुर, २९ माघ
    १९३८ पटक
    arrestभक्तपुर, २९ माघ

    लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् ।

    भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को अञ्जन अवालले बलात्कार प्रयास गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । २२ बर्षिय महिलालाई अवालले बलात्कार प्रयास गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

    महिलाको अभिभावकले दर्ता गराएको उजुरीमा आरोपी अवालले आफ्नै घर कोठामा लगी जबरजस्ती करणी गर्न खोजेको जिकिर गरिएको छ ।गत पुष २९ गते महिला माथि बलात्कार प्रयास भएको भन्दै अभिभावक अाइतवार उजुरी लिएर महानगरीय प्रहरी परिसर भक्तपुर आइपुगेका थिए ।

    उजुरी दर्ता हुनासाथ आरोपी अवाललाई पक्राउ गरेको प्रहरीले आइतवार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले इभक्तपुरलाई जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...