News Portal

  • सम्पादकीय : आँशुलाई पैसामा ताैलेर राजनीति गर्ने पुरातन सोँचबाट मुक्त हुन सक्नुपर्छ

    घिमिरे संजीप शुभचिन्तकभक्तपुर, ४ फागुन
    १५१३ पटक
    भक्तपुर, ४ फागुन

    सूर्यविनायक नगरपालिका-७ गुन्डुमा गत सोमवार दुखद दुर्घटना भयो । ६ बर्षिय बालक सिरिस तामाङलाई सम्साझै बाघले खाएपछि पूरै गाउँ शोकमा डुब्यो ।

    गुन्डुमा यस अघि पनि यस्ता घटना नभएका होइनन् । बारम्बार घटना दोहोरिरहदा स्थानीयहरू आक्रान्त बनेका छन् तर सरोकारवाला निकायले पर्याप्त पहल गर्न सकेको छैन ।

    प्राणि उद्यान स्थल समेत भनेर प्रचार गरिएको जंगललाई पर्खाल लगाएर राख्नु पर्नेमा सो हुन नसक्दा मानिसहरु बन्यजन्तुका शिकार भैरहेका छन् । एक्लैदुक्लै हिड्न ठूलै साहस गर्नुपर्ने अबस्था छ स्थानियलाइ । स्थानियहरु बिछिप्त र आक्रोशित बनेका छन् ।

    जनताको आक्रोश देखि डराएर सूर्यविनायक नगरपालिकाले बाघलाई चितुवा बनाएको छ । पहिलो दिन बाघले मारेको भन्ने जनप्रतिनिधि अहिले चितुवाले बच्चा मारेको भन्न् थालेका छन् ।  जंगलमा बाघ, चितुवा , स्याल वा कुकुर नै भएपनि नियन्त्रण त आवश्यक होला नि । जनतालाई जंगली जनावरदेखि  सुरक्षित गर्ने दायित्व कस्को हो ? कि अब आदिम काल झै मानिसहरु भाला बोकेर हिड्नुपर्ने हो ?

    बिहीवार सूनपा मृतक बालकको परिवारलाई सान्त्वना दिन घरमै पुग्यो । जनप्रतिनिधिले सूनपाको तर्फबाट रु ५० हजारको चेक पिडित परिवारलाई हस्तान्तरण मात्र गरेनन् , उक्त फोटो सामाजिक संजालमै पोस्त्याउन समेत भ्याएका छन् । जनप्रतिनिधि पिडित परिवारकोमा पुग्नु राम्रो कुरा हो र आर्थिक सहयोग गर्नु पनि परिवारको आवश्यकता हो भने झनै राम्रो हो । तर , फोटो खिचाएर देखाउनका लागि गरिने कृयाकलाप क्षम्य हुदैन । फोटोमा पिडितको आँशु देखाएर जनप्रतिनिधिले के पाउन खोजेका हुन् ? मात्र वाहवाही होइन र ?

    पिडित परिवारलाई पैसा होइन चाहिएको कुरा सुरक्षा हो । यो बिषयमा मौन बसेर नगरपालिका चुकेको छ । अरुको आँशुलाइ पैसामा ताैलेर राजनीति गर्ने पुरातन सोचबाट अबको स्थानीय निकाय र जनप्रनिधिहरु कम्तिमा मुक्त हुन सक्नुपर्दछ ।

    घिमिरे संजीप शुभचिन्तक इभक्तपुर डट कमका सम्पादक हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...