एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा तोकेको हो ।
जिशिकाले उक्त समय भित्र अनिवार्यरुपमा प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न भनेको छ । प्रयाेगात्मक प्राप्ताङ्क पेश नगरे परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने बताइएको छ ।
”राजश्वको भौचर र प्रयाेगात्मक प्राप्ताङ्क संगै बुझाउनु पर्छ , नबुझाए पारीक्षामा सामेल हुन अयोग्य ठहरिन्छ ।” जिशिका भक्तपुरका परीक्षा प्रमुख मोतीराम भट्टराइले भने ।
त्यसैगरी जिशिकाले यो महिनाको २५ गतेभित्र बिद्यालयको ठेगाना परिबर्तनको निवेदन पेश गर्ने समय दिएको छ । स्थानीय तहको पुन संरचना संगै पर्न गएको असुविधालाई मध्यनजर गर्दै कार्यालयले फागुन २५ गतेसम्म निवेदन दिइसक्न सूचना जारी गरेको छ ।