News Portal

  • भक्तपुर जिशिकाको अत्यन्त जरुरी सूचना हेर्नुभयो ? सबै विद्यालयले हेर्नैपर्ने

    इभक्तपुर संवाददाताभक्तपुर, ७ फागुन
    १२२७ पटक
    भक्तपुर, ७ फागुन

    एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा तोकेको हो ।

    जिशिकाले उक्त समय भित्र अनिवार्यरुपमा प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न भनेको छ । प्रयाेगात्मक प्राप्ताङ्क पेश नगरे परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने बताइएको छ ।

    ”राजश्वको भौचर र प्रयाेगात्मक प्राप्ताङ्क संगै बुझाउनु पर्छ , नबुझाए पारीक्षामा सामेल हुन अयोग्य ठहरिन्छ ।” जिशिका भक्तपुरका परीक्षा प्रमुख मोतीराम भट्टराइले भने ।

    त्यसैगरी जिशिकाले यो महिनाको २५ गतेभित्र बिद्यालयको ठेगाना परिबर्तनको निवेदन पेश गर्ने समय दिएको छ । स्थानीय तहको पुन संरचना संगै पर्न गएको असुविधालाई मध्यनजर गर्दै कार्यालयले फागुन २५ गतेसम्म निवेदन दिइसक्न सूचना जारी गरेको छ ।

     

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...