News Portal

  • चाँगुमा टिपरको ठक्करबाट १९ महिने बालकको दुखद मृत्यु

    इभक्तपुर संवाददाताभक्तपुर, ७ फागुन
    १०८८ पटक
    भक्तपुर, ७ फागुन

    सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् ।
    दिउसो अन्दाजी २:१५ बजेको समयमा चागुनारायण नगरपालिका -८ आरुबारीस्थित देबी ईट्टा भट्टामा यो दुखद घटना भएको हो । बा २ ख १३७८ नं.को टिपरले माटो लोड गर्ने क्रममा चलाउदा बालकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

    दुर्घटनामा जिल्ला रोल्पा ह्याङ्ग- ८ घर भई हाल सोही ईट्टा भट्टामा काम गर्ने देबेन्द्र बुढा मगरको छोरा १९ महिनाको बालक सबिन बुढा मगरको दुखद् मृत्यु भएको प्रहरीले बताएको छ । टिपरले ठक्कर दिँएपछि घाईते भएका बालकलाइ भक्तपुर अस्पताल पुर्याइएको भएपनि अस्पतालले २:४० बजे नै मृत घोषणा गर्यो ।

    घटनास्थलमा यतिबेला महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको छ । सवारी साधन र चालक काभ्रे जिल्ला धुलिखेल नगरपालिका-११ पात्ले खेत बस्ने बर्ष २६ को गोकुल भुजेललाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...