News Portal

  • नयाँ भूमिकाकोलागि तयार रहन विद्यार्थीलाई पूर्वमन्त्री पौडेलको निर्देशन

    इभक्तपुर संवाददाताकाठमाडौँ, १४ फागुन
    ११६८ पटक
    काठमाडौँ, १४ फागुन

    पूर्व शिक्षा मन्त्रि एवं नेकपा (माओबादी केन्द्र)का सचिवालय सदस्य डिआर पौडेलले बाम एकताले मुलुकमा समाजबादको भावभूमी तयार गरेको बताएका छन् । पौडेलले बाम एकताले बामपन्थीहरु जनमतमा सधैं अब्बल रहने तर प्रतिनिधित्वमा चुक्ने अवस्थाको पनि अन्त्य भएको जिकिर गरे ।

    सोमबार अखिल (क्रान्तिकारी) ३ नं. प्रदेशद्वारा शहीद दिलबहादुर रम्तेल स्मृतिमा आयोजित अन्तरकलेज तेश्रो क्रान्तिकारी फूटसल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्रि पौडैलले भने , “हिजो परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुले निर्वाह गरेको भूमिका जसरी स्मरणीय छ त्यसरी नै आज परिवर्तित परिस्थितिमा नयॉ र रचनात्मक भूमिकाको लागी युवा विद्यार्थीले आफूलाई तयार पार्नुपर्दछ ।”

    कार्यक्रममा पूर्व गृहराज्य मन्त्रि एवं माननीय सांसद श्यामकुमार श्रेष्ठ, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतम, दिपक देवकोटा, तिलकराज भण्डारी महासचिव उत्तम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
    ३ नं प्रदेशका कलेजहरु सम्मिलित प्रतियोगितामा ६४ वटा टीम सहभागी रहेको र फागुन २१ सम्म प्रतियोगिता सन्चालन हुने क्रान्तिकारीको सचिव एवं ३ नं. प्रदेश संयोजक पवन कार्किले बताए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...