News Portal

  • विप्लवप्रति बादलको मायालु बर्षात : गृहमन्त्री भएको भोलीपल्टै नेकपालाई राहत

    इभक्तपुर संवाददाताभक्तपुर, १५ फागुन
    ९२६ पटक
    भक्तपुर, १५ फागुन

    बिप्लव नेतृत्वको नेकपा माथि गृहमन्त्री रामबहादुर थापा बादल नरम देखिएका छन । उनी गृहमन्त्री भएको भोलीपल्टै नेकपाका पक्राउ परेका नेता रिहा भएका छन् ।
    नेपाल कम्युनिस्‍ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ रिहा भएका हुन् । उनलाई नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा विराटनगरबाट गिरफ्तार गरिएको थियो ।

    सुदर्शनलाई फागुन ६ गते प्रहरीले विराटनगरबाट गिरफ्तार गरेको थियो । उनीसहित पूर्व राज्यमन्त्री समेत रहेका पार्टीका पोलिटब्युरो सदस्य पदम राई लगायत पनि पक्राउ परेका थिए । प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्दै धरपकड गरेको थियो ।
    नेकपाले फागुन ८ गते गिरफ्तारीको बिरुद्धमा नेपाल बन्द गर्यो भने त्यो यता पनि बिरोधको कार्यक्रम गर्दै आएको भएपनि सुनुवाई भएको थिएन ।
    नेता राम बहादुर थापा बादल गृह मन्त्रीमा नियुक्त भएको भोलीपल्टै नेता सुदर्शन रिहा भएपछी यसलाई बादलको नेकपाप्रतिको नरम नीतिको रुपमा हेरिएको छ ।
    प्रहरीले नेता सुदर्शनलाई आज साझँ रिहा गरेको हो । उनी संगै समातिएका नेता पदम राई लगायतका नेतालाई भने हिरासतमै राखिएको छ ।

     

    यो पनि पढ्नुस्

    http://ebhaktapur.com/archives/12185

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...